काठमाडौं।
एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो।नेपालले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८रन मात्र बनाएको हो ।












