लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए सामुहिक राजीनामा

केन्द्रभाग मिडिया

रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् । यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।

नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए ।

  • २० जेष्ठ २०८३, बुधबार १२:१५ प्रकाशित