काठमाडौं।
मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। बैठक अहिलेसम्म पनि सुरु हुन नसक्नुको कारण संसद् सचिवालयले खुलाएको छैन।
आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रको जानकारी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव, तथा बजेटमाथिको सामान्य छलफल समावेश छन्।
‘तर, बैठक अझै प्रारम्भ हुन सकेको छैन’, रास्वपा सांसद रञ्जु दर्शनाले भनिन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्याउन माग गर्दै बैठक अवरोधलाई कायमै राख्ने तयारी गरेका छन्।












