रास्वपा पोखरा महानगर सभापतिमा केसी चयन

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको सभापतिमा योगेन्द्र बहादुर केसी चयन भएका छन् । शनिबार साँझ सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

केसी यस अगाडि रास्वपाबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्ने चर्चा थियो । सो क्षेत्रमा उत्तम पौडेललाई टिकट दिँदा केसीलाई आगामी स्थानीय तहको निर्वाचनमा पोखराको मेयरको टिकट दिने आस्वासन पार्टी नेतृत्वले दिएको बताइएको छ । अहिले महानगर समितिको सभापति चयन गरेर मेयरको उम्मेद्वार बनाउँदा जित्न थप सहज हुने अपेक्षासहित उनलाई महानगर समितिको सभापति बनाइएको चर्चा समेत रास्वपा भित्र भएको छ ।

महानगर समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवमा कमल बानियाँ चयन भएका छन् । त्यसैगरी सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरी तिमिल्सिना चयन भएका छन् ।

यस अगाडि अधिवेशनको रास्वपा नेता एवं पर्यटन मन्त्री गणेश पौडेलले गरेका थिए ।

  • १७ जेष्ठ २०८३, आईतवार ०७:४९ प्रकाशित