केन्यामा बोर्डिङ स्कुलमा आगलागी, १६ विद्यार्थीको ज्यान गयो, ७४ घाइते

केन्द्रभाग मिडिया

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको ज्यान गएको छ भने अन्य ७४ जना घाइते भएका छन् ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा परी घाइते भएका ७४ जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अधिकारीले बताए ।

केन्या रेडक्रस र प्रहरीका अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको थियो ।प्रहरीले उद्धार र राहत कार्य जारी रहेको बताएको छ । अधिकारीहरूले आगलागीका कारण अझै पत्ता लगाउन नसकेको बताएका छन् ।

केन्या रेडक्रसले आपतकालीन प्रतिक्रिया टोलीहरू घटनास्थलमा पुगेर सहयोग प्रदान गरिरहेको बताएको छ।

  • १४ जेष्ठ २०८३, बिहीबार १५:४० प्रकाशित