कांग्रेस संसदीय दलको बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।

  • १४ जेष्ठ २०८३, बिहीबार ११:०१ प्रकाशित