भदौ २४ को घटना छानबिन गर्न सांसद हमालको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमाल भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेकी छन्।प्रतिनिधि सभाको जारी बैठकमा सांसद हमालले भदौ २४ को छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरिन्।

त्यस्तै उनले सरकारसँग क्षति भएका संरचनाहरू बन्ने के योजना छ ? भन्ने प्रश्न पनि सोधिन् । उनले देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजनाबारे पनि जानकारी माग गरिन् ।

उनले भनिन्, ‘नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ ?’

  • १३ जेष्ठ २०८३, बुधबार १३:०९ प्रकाशित