काठमाडौं ।
सभामुख डोलप्रसाद अर्याल विपक्षी दलहरूलाई पेलेरै अगाडि बढेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू उठेर विरोध गरिरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई पर्यटन विधेयक २०८२ पेस गर्न दिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसद्मा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् । उनीहरूले मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अगाडि बढाउन लाग्दा उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरू नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीलाई पालैपालो बोल्न दिएका थिए ।

















