भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।

उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

पछिल्लो समय भारत र नेपालबिच सम्बन्धमा दरार उत्पन्न भएको छ । लिपुलेकलगायत सीमा विवादका कारण भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्विकार गरेपनि उनी कहिले भ्रमणमा जाने भन्ने निश्चित छैन ।

परराष्ट्रमन्त्री शिशिर खनालको पनि भारतको दुईटा भ्रमण स्थगित भएको छ । यस समयमा रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ

  • १० जेष्ठ २०८३, आईतवार ११:३४ प्रकाशित