पोखरा ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । सोमबार बिहान कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया र कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ ।
बाँकी तराईमा भने मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया र मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।
मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ।
आज राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हिमपातको सम्भावना छ ।
















