प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोलाको प्रकोपका कारण धेरै मानिसको ज्यान गएको छ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
डब्ल्यूएचओले भनेको छ कि लगभग २४६ संदिग्ध घटनाहरू र ८० जनाको ज्यान गएको रिपोर्ट गरिएको छ, तर यो ‘विश्वव्यापी महामारी आपतकाल’ को श्रेणीमा पर्दैन ।
‘संक्रमित व्यक्तिहरूको सही संख्या र रोगको हदको बारेमा अझै पनि पर्याप्त अनिश्चितता छ,’ डब्ल्यूएचओका महानिर्देशकले चेतावनी दिए।डब्ल्यूएचओले यस पटक इबोला बुन्डिबुग्यो भाइरसको कारणले भएको बताएको छ, जसका लागि कुनै औषधि वा खोप छैन ।
विश्व स्वास्थ्य एजेन्सीले यो भाइरस कंगोभन्दा बाहिर फैलिएको बताएको छ । छिमेकी युगान्डामा दुई जना संक्रमित भेटिएका छन् । युगान्डाका अधिकारीहरूले बिहीबार ५९ वर्षीय एक पुरुषको ज्यान गएको र उनको परीक्षणमा पोजेटिभ देखिएको बताएका छन् ।















