पार्टी मिलाउन जे पनि गर्न तयार छु : गगन थापा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् ।प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए ।

‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई केन्द्रीय समितिमा ल्याएर सम्मान दिएर राख्न चाहन्छु,’ सभापति थापाले भने, ‘महाधिवेशनका विषयमा बन्ने समितिमा फेयर बनाउनका लागि क–कसलाई कहाँ राख्ने भन्नेमा तयार छु । विधानको परिधिमा रहेर गर्छु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’

सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए ।

आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको हात जोडेर भनेको पनि बताए ।

  • ३ जेष्ठ २०८३, आईतवार १६:४१ प्रकाशित