काठमाडौं ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५६ वर्षीय शेर्पाले आज बिहान १०स् १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएको छ ।
शेर्पा‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान शेर्पाकै नाममा रहेको छ ।
















