मिलेर प्रदेश सरकार चलाउने प्रस्ताव अस्विकार गऱ्यौँ : प्रचाण्ड

केन्द्रभाग मिडिया

काठमान्डों ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मिलेर प्रदेश सरकार बनाउन भनी आएका प्रस्ताव अस्वीकार गरिएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले र कांग्रेसबाट प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर प्रस्ताव आइरहेको दाबी समेत गरे ।

‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ’, प्रचण्डले भने, ‘तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ ।’

कांग्रेसलाई बाहिर पठाएर एमालेसँग सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेसँग सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भएको उनले बताए ।

  • ३ जेष्ठ २०८३, आईतवार १०:२९ प्रकाशित