विपक्षीको अबरोधका बिच नीति तथा कार्यक्रम पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच प्रतिनिधि सभाबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार साँझ सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो ।

नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै विपक्षी दलहरूले पटक पटक संसद बैठक अवरुद्ध गरेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरेका थिए । तर, सहमति हुन नसकेपछि प्रतिपक्षी दलहरुको अवरोध र बहिष्कारबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।

त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध जारी राखेका थिए । नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव पेस भएका थिए । सबै प्रस्ताव बहुमतले अस्वीकृत भए ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार पारित गरिएको हो ।

 

  • १ जेष्ठ २०८३, शुक्रबार ०७:१८ प्रकाशित