सेयर बजार घट्ने क्रम जारी : आज १० अंकमा झर्‍यो

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।

आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

  • ३१ बैशाख २०८३, बिहीबार १६:३५ प्रकाशित