पोखरा ।
अमेरिकी डलरले आज (बुधबार) पनि अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड ब्रेक गरेको छ । अरु सबैजसो मुद्राको भाउ पनि उच्चदरमा बढेको छ । हिजो पनि सबैजसो मुद्राको भाउ बढेको थियो।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको विनिमयदर आज पनि वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा थियो।
आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०४ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।














