३९ अंकले घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेको हो । यो कमीपछि नेप्से २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको थियो ।

अघिल्लो दिन मात्रै सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा पूँजीबजारका केही विषय पनि समेटिएका छन् । तर कार्यान्वयन पक्ष सधै कमजोर रहँदै आएकाले कागजमा लेखिएका नीति तथा कार्यक्रमले लगानीकर्ताको विश्वास जित्न सकेन ।

नीति तथा कार्यक्रमले यसअघि नै समेटिँदै आएका विषय दोहोर्‍याएको छ । गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराइने, नेप्सेको पुनर्संरचना गरिने, बन्ड बजारको विस्तार गरिनेजस्ता विषय विगतमा पनि नीति तथा कार्यक्रम र बजेटमा समेत पर्दै आएका थिए । तर कार्यान्वयन प्रक्रिया अझै अनिश्चित छ ।

घटेको बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडको भयो । जम्मा १३ कम्पनीको मूल्य बढेको छ भने २५१ को घटेको छ । त्यस्तै ५ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

  • २९ बैशाख २०८३, मंगलवार १५:४९ प्रकाशित