हामीले उठाएको बन्दुकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफुहरुले उठाएको बन्दुकले ढोका खोलिदिएको भन्दै अबको शान्तिप्रक्रियाको पूर्णता दिने जिम्मेवारी सरकारको भएको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्थे उत्पीडित समुदायका प्रतिनिधि रु पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु ।”

उनले शान्तिप्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने, “शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं । काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।”
क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्र अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।

क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्र अझै क्रान्तिको अपराधीकरणमा लागेको उनले आरोप लगाएका छन् ।

प्रचण्डले बालेन उदयलाई क्रान्तिको जितका रूपमा व्याख्या गरे । उनले भने, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बनेका छन् । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो ।”

  • २९ बैशाख २०८३, मंगलवार १४:५४ प्रकाशित