रास्वपाको केन्द्रीय समिति बैठक भोलि

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

  • २९ बैशाख २०८३, मंगलवार १०:५९ प्रकाशित