काठमाडौं ।
सरकारले आज संसदमा पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।













