आज सुनको मूल्य प्रतितोला ३ लाख नजिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।

बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ५२३ रुपैयाँ रहेको छ।

  • २५ बैशाख २०८३, शुक्रबार ११:१३ प्रकाशित