काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ। बुधबार बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ ।
आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।












