आज नेप्सेमा सामान्य सुधार

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

साताको दोस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ।

आज बजारमा कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख २ रुपैयाँ बराबरको कारोबार भएको छ।

  • २२ बैशाख २०८३, मंगलवार १५:३५ प्रकाशित