अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शनिबार) अ‍ेरिकी डलर, कुवेती दिनारसहितका केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७८ रुपैयाँ ५१६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत तीन दिनदेखि कुबेती दिनारको विनिमयदर यही छ ।

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९१ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १९ बैशाख २०८३, शनिबार ०६:५९ प्रकाशित