यो वर्ष देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ ।गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।

कार्यालयले चालु आवका ६–८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

  • १५ बैशाख २०८३, मंगलवार १२:४१ प्रकाशित