वीपी राजमार्गमा अलपत्र यात्रुलाई प्रहरीले गर्‍यो फलफूल वितरण

केन्द्रभाग मिडिया

काभ्रेपलाञ्चोक ।

शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ ।

राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाली प्रहरीले फलफूल वितरण गरेको छ । स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीको सयोगमा रोशी खोलामा फसेका यात्रुहरूलाई फलफूल, चाउचाउ, पानी लगायत वितरण गरिएको हो ।

  • १३ बैशाख २०८३, आईतवार १३:४३ प्रकाशित