तनहुँ बस दुर्घटना अडेट : २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको यात्रुबहाक बस दुर्घटनामा २ जनाको ज्यान गएको हो ।
ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेका थिए ।

घाइतेलाई जीपी अस्पताल बेलचौतारामा उपचारका लागि लगिएको छ ।बस पोखराबाट भैरहवाका लागि छुटेको थियो ।

  • ११ बैशाख २०८३, शुक्रबार १७:२१ प्रकाशित