१० औं पोखरा स्पोर्टस अवार्डको सह प्रायोजकमा केल्मी नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ ।

स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरि सम्झौता भएको हो ।सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे ।

सो अवसरमा वोल्दै केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले केल्मे नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको र पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामना समेत गरे ।

केल्मी नेपालले केल्मी ब्राण्डको फुटबल, फुटसल जुत्ता, खेलकुद कपडा जर्सी, ट्रयाकसुट, शर्ट, खेलकुदका सामाग्रीहरु ब्याग मोजाको बिक्री वितरण गर्दै आइरहेको र विशेषगरी नेपाली खेलाडी र क्लबहरुले बढी मात्रामा रुचाएको न्यौपानेको भनाई थियो ।

मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्ड केल्मीको आधिकारीक बिक्रेता केल्मी नेपाल संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा केल्मी संग सहकार्य गरेर अगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभार प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ ।
जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

  • ४ बैशाख २०८३, शुक्रबार १४:५१ प्रकाशित