नयाँ वर्षको पहिलो दिन आज सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो ।

महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि वर्ष २०८२ को अन्तिम दिन ९हिजो० सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ३७० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३४३ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

  • १ बैशाख २०८३, मंगलवार ११:५४ प्रकाशित