पोखरा ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन प्रति आकर्षण बढ्दो छ । आकर्षण बढिरहेका बेला यात्रुबहाक विद्युतीय सवारीसाधन दुर्घटना भइरहेका समाचार पनि बाक्लै आउने गरेका छन् । विद्युतीय सवारीसाधनको अवस्था र यसको प्रयोगको विषयमा प्रयाप्त ज्ञानको अभावले दुर्घटना बढेको भन्दै पोखरामा शनिबार चालकका लागि प्रशिक्षण कार्यक्रम भएको छ । सीजी मोटर्स र टीटी ईभी रेभुलेसनको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहकार्य तथा समन्वयमा विद्युतीय सवारी चालकहरुलाई प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम भएको हो ।
कार्यक्रममा ट्राफिक सचेतना गराउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले सवारी चलाउन सिक्ने कूरामै समस्या रहेको औंल्याइन् । सवारी चलाउँदा सेवा दिइरहेको सवारीसाधनका चालकले सिकाउने प्रवृत्ति गलत रहेको उनले सुनाइन् । ‘हाम्रोमा ड्राइभिङ सिकाउने नै चालकले भएको छ । तर, त्यसो नभएर ड्राइभिङ इन्स्टिच्युटले सिकाउनु पर्ने र त्यहीँ गएर सिक्नुपर्ने हो । सडक नै सिकाउने स्थल होइन’ उनले भनिन् ।
उनले परिक्षणमै कसैको जीवन गुमाउने अधिकार कसैलाई नभएको टिप्पणी गरिन् । सडकमै सिकेर परिक्षण गरेर आफ्नो चालक बन्ने सपनालाई सहचालक हुँदा नै अस्ताउन नदिन पनि उनले आग्रह गरेकी छन् । ट्रायल गर्दा अरुलाई मात्र हानी नहुने र स्वयम आफैलाई हानी हुनुका साथै अन्तिम दिनपनि हुनसक्ने तर्फ सचेत रहन उनले आग्रह गरिन् । यन्त्रले कसैलाई नचिन्ने र त्यसले सहितरिकाले सम्मान गरेको मात्र चिन्ने उनको भनाई थियो ।
सवारी चालक बन्ने विषय ख्यालख्यालको विषय नभएको टिप्पणी गरेकी उनले जिम्मेवार बन्न आग्ह गरिन् । ट्राफिक प्रहरीका समेत कुनै गल्ति भए टिपाउन उनले आग्रह गरिन् । ट्राफिक प्रहरीको १०३ मा फोन गरेर कम्प्लेन टिपाउँदा शंका लाग्छ भने नेपाल प्रहरीको १०० मा कल गरेर उजुरी या गुनासो गर्न सकिने जानकारी दिइन् । अरक्षण सिटको सहि उपयोग गर्न र गराउन उनले आग्रह गरेकी छन् । अरक्षण सिट आवश्यकताले राखिएको र जसका लागि राखिएको उसको ठाउँमा राखेर आफूलाई हुर्ने उनको आग्रह थियो ।
टीटी रेभुलेसनका सेल्स म्यानेजर श्रीधर पराजुलीले भोलिका दिनमा सुरक्षित रुपमा सवारी सञ्चालका लागि तालिम जरुरी रहेको बताए । ईभी चलाउन सहज हुने र त्यसको कन्ट्रोलका साथै चलाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले पछिल्ला दिनमा विद्युतीय सवारीसाधन दुर्घटनाका खबर धेरै आउने गरेकाले यसमा कम्जोरी कस्को हो र दुर्घटनाबाट बच्नका लागि के गर्नुपर्ने लगायतका जानकारी गराउन जरुरी रहेको बताए । उनले यसका लागि प्रशिक्षण उपयोगी भएको जानकारी दिए ।
सवारी चालक हरिराम धितालले यस अगाडि विद्युतीय सवारीको बारेमा राम्रोसंग प्रशिक्षण नलिइकन सवारी हाँक्ने गरेको हुँदा दुर्घटना भएको हुनसक्ने बताए । चलाउन सजिलो अनि गति पनि तीव्रहुँदा सवारी दुर्घटना हुने गरेको चर्चा गरेका उनले तालिम पछि दुर्घटना न्युनिकरण हुने अपेक्षा राखे ।