दुबईमा गुञ्जियो डि–मर्चा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरेली चर्चित ब्याण्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लव एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो ।

जहाँ डि–मर्चाले आफ्ना दर्जन भन्दा बढी चर्चित गीतहरु गुञ्जाउँदा दर्शकहरु मज्जाले रमाएका थिए । हल भरिएको थियो,आयोजक आरएस इभेन्टका रविन श्रेष्ठले भने,‘सबै टेबलहरु बुक भएका थिए । दर्शकले हरेक गीतमा वान्स मोर गर्दै ताली बजाउँदा छुट्टै रौनकता छाएको थियो ।’

तीन घण्टासम्म चलेको कार्यक्रममा डि–मर्चाले ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभूजीलाई मस्ती छ’ झ्याम्म झ्याम्म, झ्याम्मै चौतारी, यो डल्लीले हो मानिन जान, हिंडे म त हतार हतारमालगायतका एक दर्जन चर्चित गीतहरु गुञ्जाएको आरएस इभेन्टका समीर सैंजुले जानकारी दिए । दर्शक खुशीले गद्गद्हुँदा हामीपनि खुशी भयौं,उनले भने,‘यसले हामीमा पनि खुशीको सिमा रहेन ।’

शुक्रबार दुबई पुगेको डि–मर्चा केहि दिन बसेर फर्किनेछ ।

  • २ असार २०८२, सोमबार १८:०५ प्रकाशित