पोखरा ।
वैतडी केन्द्रविन्दु भएर भुकम्प गएको छ । बिहान बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार बिहान १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
उनका अनुसार यो धक्का पुरानो भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । ‘यत्तिको भूकम्पले कुनै क्षति त नगर्नुपर्ने हो’, भूकम्पविद् डा. अधिकारीले बताएका छन् ।
यसअघि यही ६ जेठमा मात्र कास्कीको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।