पोखराको निभा गल्लीभित्र रहेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा आगलागी

केन्द्रभाग मिडिया

symbolic picture

पोखरा ।

पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित निभागल्ली भित्र रहेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ ।

निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित रवि तिमिल्सिनाले २ तले घरमा सञ्चालन गरेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको हो ।

प्रनाउ बस्नेतले भने, ‘आगलागी भएको सूचनापछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रनाउ बस्नेतले बताए । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको र आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको बस्नेतले जानकारी दिए ।

  • ६ जेष्ठ २०८२, मंगलवार १३:११ प्रकाशित