प्रतिनिधिसभामा प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो ।

नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा प्रतिनिधिसभा भएका थिए ।उनी सञ्चार र शिक्षा मन्त्री पनि भएका थिए । नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा मंगलबार निधन भएको थियो ।

  • २४ बैशाख २०८२, बुधबार १७:१३ प्रकाशित