झण्डै ३० अंकले बढ्यो नेप्से,हाइड्रोबाहेक सबै हरियाली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो ।

यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।यस दिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लाग्न पुग्यो ।

नेप्सेका अनुसार सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने उपसूचकतर्फ फाइनान्स, ट्रेडिङ र हाइड्रोपावरबाहेक सबै समूह हरियाली भयो ।

  • ५ फाल्गुन २०८१, सोमबार १५:४५ प्रकाशित