पोखरा ।
टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डको विभिन्न उत्पादनहरु आइतबार देखि गण्डकी प्रदेशमा बिक्री वितरण सुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशको लागि आधिकारीक बिक्रेता एबीसी एल सप्लायर्स प्रालि पोखराले पाएको छ । पोखराको प्रस्र्याङमा रहेको एबीसी एल सप्लायर्सले आइतबारदेखि गण्डकी प्रदेशमा ब्यवसायीक कारोबार शुरु गरेको हो ।
नेपालका लागि यसरको आधिकारीक बिक्रेताको जिम्मेवारी भने काठमाण्डौंमा रहेको ट्राईनोक्स कम्पनीले पाएको छ । ट्राईनोक्स कम्पनीका प्रेसिडेण्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले एक कार्यक्रमका बिच पाखरामा साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशमा डिलरहरु मार्फत बिक्री वितरणका लागि अधिकारीक बिक्रेताको रुपमा रहेको एबीसी एल सप्लायर्स प्रा.लि. कम्पनीलाई सामाग्री हस्तान्तरण गरेर ब्यवसायीक कारोबार शुरु गरिएको हो ।
साटो ब्राण्डले विश्वभरका ग्राहकहरुको मन जित्दै छोटो समयमै लोकप्रिय भएको र भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालमा आफ्नो बजार विस्तार गरेको र घर घरमा समेत प्रचलित नाम कमाएको ट्राईनोक्स कम्पनीका प्रेसिडेण्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले बताए । शर्माका अनुसार टाँस्ने जोड्ने उत्पादनको पर्याय बनेको साटो ब्राण्ड बजारमा विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको छ ।
अत्याधुनिक उत्पादन एकाइहरु र उच्च स्तरीय प्रविधिको प्रयोग गर्दै साटोले मिक्सिंग, ब्लेन्डिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरु सुनिश्चित गरेको छ । अनुसन्धान र बिकासको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै साटोले नयाँ चिपकने उत्पादनहरुको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको समेत शर्माले बताए ।
साटोले उद्योगका नयाँ प्रवृत्तिहरु र ग्राहकहरुको आवश्याक्ता सम्बोधन गर्ने उद्देश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउदै लगेको शर्माको भनाइ छ । ट्राइनोक्स कम्पनीले यसअघि घटस्थापनाको अवसर पारेर काठमाडौंमा कारोबार शुरु गरकोे थियो ।
साटोको उत्पादन श्रृङखलामा विभिन्न प्रकारका चिपकने सामाग्रीहरु समावेश छन । जसमा अर्काइलो, एक्सट्रीम, ओसियन, इलाइट र डिलक्स जस्ता उच्च गुणस्तरीय उड एडहेसिवहरु रहेका छन । उक्त उत्पादनहरु विशेष रुपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन । जसले विभिन्न प्रकारका सामाग्रीहरुलाई मजबुद र दीर्घकालस्न जोड गर्न सक्षम बनाउछ । साटो उत्पादनहरको विशेषताहरुमा क्रसलिंकिंङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामाग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी थ्री वाटरपु्रफ समावेश गरिएको छ ।
क्रसलिंकिंङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्ने २ प्रतिशत अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड र टिकाउपन प्रदान गर्ने, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रदर्शन गर्ने र चाँडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउन र डी थ्री प्रमाणिकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका सञ्चालकले जानकारी दिए । गुणस्तरमा कडा नियन्त्रणका साथ उत्पादनको हरेक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्यांकन सम्म साटोले उच्च गुणस्तरीय परीक्षणहरु गरिरहेको छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले यूरोपियन स्टाण्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरु समेत प्राप्त गरेको कम्पनीका प्रशिडेन्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले बताए ।
















