धरानमा रोकी राखेको कारबाट ४१० किलो गाँजा बरामद

केन्द्रभाग मिडिया

काठमाडौं ।

धरानमा रोकिराखेको कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ ।

धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुट केसबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

  • २२ माघ २०८१, मंगलवार १४:३४ प्रकाशित