पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’ मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए ।
उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई दुव्र्यवहार नगर्न पनि यहाँका पर्यटन व्यवसायीसँग आग्रह गरे । त्यसअघि घुमौं मधेश, बुझौँ मधेशका संयोजक तथा चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटोले पोखरामा रहँदा आफूहरुमाथि दुव्र्यवहार गरिएको गुनासो सुनाएका थिए । उनले भनेका थिए,‘उपल्लो तहबाट त त्यस्तो भएन तर हामी यहाँ रहँदा दोस्रो दजाृको नागरिकको रुपमा व्यवहार गरियो । कम्तिमा पर्यटन व्यवसायीले यस्तो गर्न हुँदैनथ्यो । त्यसमा पोखरा कतै चुकेकोजस्तो लाग्छ । म केही महिनापछि पोखरा आउँछु ।त्यो बेला त्यस्तो नहोस् ।’
नयाँबजारमा जारी मेलामा मधेश प्रदेश सरकारले सो क्षेत्रका ४० वटा पर्यटकीय स्थलको जानकारी,संस्कृति एवं खानाहरुको प्रदर्शनी गरिहेको छ । त्यस्ता ४० वटा गन्तव्यमा जानकी मन्दिरदेखि गढीमाइ,कोशी टप्पुदेिख पर्सा राष्ट्रिय निकुञ्ज र सप्तगण्डकीसम्म रहेका छन् । ‘सबै संस्कृति पस्कने मधेश आफैमा मौलिक छ । हामीकहाँ सबैभन्दा धेरै बली चढाइने गढीमाइ मेला पनि लाग्छ भने निजानन्द धामजस्तो ठाउँ पनि छ । निजानन्द धाम क्षेत्रको एउटा सिंगो गाउँमा माछामासु नै चल्दैन । पाल्दा पनि पालिँदैन ।’ उनले गर्मी र सितलहरको अनुभव लिन पनि मधेश आउनुपर्ने बताउँदै पाहुनाप्रति मधेशले भेदभाव नगर्ने र न्यानो आतिथ्यता प्रदान गर्ने बताए ।
कार्यक्रममा बोल्दै पोखरुा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले मेलामार्फत् सिंगो देशकै सम्भावनाको खोजी गरेको बताउँदै सबै प्रदेशका संस्कृतिदेखि उत्पादनसम्म एउटै थलोमा पस्कने अभियानलाई निरन्तरता दिने बताए । यस्तै मधेश प्रदेश उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयका ‘घुमौं मधेश, बुझौं मधेश’ संयोजक विकासकुमार ठाकुरले संस्कृति,खाना र संगीतमा मधेश अब्बल भएको धारणा राखे । कार्यक्रममा मधेश प्रदेश उद्योग,पर्यटन तथा वातावरण मन्त्रालयका प्रतिनिधि अजितकुमार महतो, पोखरा उद्योग वािणज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।
मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।
बुधबार चोलेन्द्र पौडेल,मुकुन्द त्रिपाठीसहित रामजी खाँण,अमर धिताल,सरिता सारु मगर, कृष्ण सुवेदीलगायतको सांगीतिक प्रस्तुति तथा मधेशको नृत्यले अवलोकनकर्तालाई मनोरञ्जन प्रदान गराइएको थियो भने बिहीबार शिव हमाल,पार्वती जिसी,चोलेन्द्र पौडेल,कृष्ण भट्टराई,रमा गौतम,केशव घिमिरेलगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक उपसमिति सयोजकसंयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।