काठमाडौं ।
माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका नेपाल कम्युनिस्ट पार्टी९एकीकृत समाजवादी० महासचिव घनश्याम भुसालले अलग्गै मोर्चा बनाउने भएका छन् ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष पार्टी एकतामा सहभागी हुने भएपछि भुसालले एकीकृत समाजवादी पुनर्गठन गर्ने बताउँदै आएका छन् । ‘विद्रोहलाई रक्षा गर्नका निम्ति हाम्रो पार्टीको महासचिव घनश्याम भुसालद्वारा विशेष घोषणा हुँदैछ’, भुसाल निकट नेता दामोदर अर्यालले भने, ‘बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।’
भुसालले बुधबार गर्ने पत्रकार सम्मेलनमा मोर्चा घोषणा गर्ने र मोर्चाको उद्देश्य, आवश्यकता र समेटिने शक्तिबारे जानकारी गराउनेछन् ।
















