तपाईँलाई गुमाउन चाहदैनौँ, भोलिसम्म पार्टीमा फर्किनुस् : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् ।

महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् ।

‘जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदिन । तपाईँ भ्रमित नहुनोस् । तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

जर्नादनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।

  • १८ कार्तिक २०८२, मंगलवार १५:४३ प्रकाशित