काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर उनले आज प्रतिलिपी नागरिकता लिएकी हुन्।
‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपी नागरिकता दिइएको हो ।’
















