काठमाडौं ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ ।
सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ ः ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
















