अपडेट : दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी सुचारु

केन्द्रभाग मिडिया

काठमाडौं।

दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडक खण्ड दुईतर्फी सुचारु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको पूर्वी नवलपरासीका एसपी युवराज खडकाले बताए । उनले भने– ‘अहिले दुईतर्फी सवारी सञ्चालनमा आएपछि अवस्था सामान्य बन्दै गएको छ ।’

बुटवल–नारायणगढ खण्ड विस्तारको क्रममा कल्भर्ट बनाउँदा वर्षा भएसँगै उकालो बाटो चिप्लो भएर तथा गाडी बिग्रिएर अवरुद्ध भएको थियो । त्यहाँबाट यात्रा गर्नेहरू ९ घण्टासम्म कुर्नुपर्ने अवस्था थियो । सो अवस्था अहिले अन्त्य भएको एसपी खड्काले बताए ।

  • १७ कार्तिक २०८२, सोमबार १२:५४ प्रकाशित