अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ सस्तिएको छ ।

युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ११ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

  • २७ आश्विन २०८२, सोमबार ०७:४३ प्रकाशित