सुर्खेत ।
हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर ३ जनाकोलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
अन्य घाइतेहरूको मेल्छामस्थित बर्थिङ सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ ।शुक्रबार बिहान करिब ११ बजेको समयमा चंखेली गाउँपालिका–४, बेशी खोलास्थित भित्री सडक खण्डमा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जी दुर्घटना भएको हो ।
मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको उक्त जीप सडकबाट करिब ३०० मिटर तल खसेको उनले बताए ।जीप चालक चंखेली गाउँपालिका–६ मेल्छाम बस्ने २० वर्षीय बहादुर लामा आफैँ जिप चलाइरहेका थिए ।
प्रहरीका अनुसार, घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र २ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुको नाम
१. हुम्ला चंखेली गाउँपालिका—६ बस्ने १४ वर्षीया बिमला बुढा
२. सोही स्थानका २ वर्षीय देवाङ्स बुढा (अवस्था गम्भीर)
३. सिमकोट गाउँपालिका—८ स्याडा बस्ने ४ वर्षीया जागृती रोकाया (अवस्था गम्भीर),
४. सोही स्थानका २८र२९ वर्षीय मनबिर बुढा (अवस्था गम्भीर)
५. सोही स्थानकी २६ वर्षीया पार्वती सिराहा (अवस्था गम्भीर)
६. सोही स्थानका २४ वर्षीय हँस लामा (अवस्था गम्भीर)
७. सोही स्थानका २८र२९ वर्षीय कैलाश सिराहा
८. जीप चालक सोही स्थानका १९ वर्षीय बहादुर लामा
९. सिमकोट गाउँपालिका—८ स्यांडा बस्ने ३६ वर्षीय महेन्द्र रोकाया (अवस्था गम्भीर)
१०. चंखेली गाउँपालिका—६ बस्ने ७र८ वर्षीया अनुपमा रोकाया
११. सोही पालिकाको वडा नम्बर ८ स्यांडा बस्ने ३६ वर्षीय महेन्द्र रोकायाकी श्रीमती २८र२९ वर्षीया बसन्ती रोकाया ( अवस्था गम्भीर)
१२. चंखेली गाउँपालिका—६ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह
















