पोखरा ।
नेप्से परिसूचक ४४.४५ अंक बढेको छ । सोमबार नेप्से बढेर २५०८.८६ विन्दुमा पुगेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५० हजार ६८० पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १५७ रुपैयाँ बढेर १ हजार ७२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ९.३६ प्रतिशत घटेको छ।