पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ । डलर बढ्दा युरोको भाउ भने घटेको छ ।
आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा थियो।
यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा थियो ।
आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा रहेको छ ।