काठमाडौं ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।
समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव मंगलबार प्रतिनिधिसभाको बैठकमा सर्वसम्मतिले पारित भएको छ । १५ जेठमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिंदै थियो ।
मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताए । तर काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि २२ भदौ समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने बताए । बाँकीका सम्पन्न गर्न समय थाप्नु परेको उनले बताए ।