मुग्लिन नारायणगढ सडक पूर्णरुपमा अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

चितवन ।

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

  • १२ असार २०८१, बुधबार १४:४४ प्रकाशित